काठमाडौँ, २२ चैत्र । आजबाट देशभरको सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरुले आफुहरुलाई संघीय सरकारको मातहत राख्न माग गर्दै शुक्रबारबाट देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गराएका हुन् ।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
गोडानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ ।
यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले निर्णय गरेको हो । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् । सरकारले आफ्ना माग पूरा नगरे सामूहिका राजीनामा दिने उनीहरुले बताएका छन् ।