‘प्रहरीले पक्राउ गरेर मुद्दा चलाउनुपर्ने’ ठगी आरोपी प्रहरीकै सुरक्षामा खुलेआम हिँड्दै (तस्विरसहित)

दियो पोस्ट  

काठमाडौं, ६ वैशाख । करोडौं ठगीको मुद्दा लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारलाई प्रहरीले संरक्षण गरेको तस्विर फेला परेको छ ।
भक्तपुर प्रहरी परिसरको कार्यालय भित्रै ताम्राकारलाई प्रहरीले पहरा दिएर राखेको समेत पाइएको छ ।


दियोपोस्टलाई प्राप्त तस्विरमा ताम्राकार वरपर भक्तपुर प्रहरीका जवानहरु उभिएर बसेका छन् ।


भक्तपुरको कमल विनायकमा रहेको होटल यातुको शेयर दिएर शरु महत र मनसुन विक्रम शाहबाट १ करोड १५ लाख रुपैयाँ ठगी गरेको मुद्दा भक्तपुर प्रहरी कार्यालयमै दर्ता छ ।


मुद्दा दर्ता भएको एक वर्ष वित्न लागिसक्दा पनि भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठले पक्राउ गरी अदालत पेश गर्न सकेका छैनन् ।


शनिबार भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती समारोहमा आयोजित श्री नवदुर्गा भवानीको पुजा (द्यो वोयकेगु) कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुने जनाइएको छ ।

सोही कार्यक्रमको तयारीका लागि ताम्राकार प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा खुलमखुल्ला हिँडीरहेका छन् ।


दरबार स्क्वायर स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा उक्त पुजा कार्यक्रम आयोजना हुने बताइएको छ ।


स्रोतका अनुसार ताम्राकारले प्रहरीलाई समेत मञ्च व्यवस्थापनका लागि निर्देशन दिइरहेका छन् ।


‘होटल यातु’ मा शेयर लगानी गराएर सञ्चालनमा आउनु अघि नै व्यवस्थापनमा गुण्डा नाइके गणेश लामाका मान्छे भनेर चिनिएिका कुन्साङ लामालाई ल्याएर आफूलाई त्यहाँबाट योजना बद्ध रुपमा बाहिर निकालेको र आफूलो लगानी गरेको १ करोड १५ लाख रुपैयाँ ठगी गरेपछि उनीहरुले विभिन्न निकायमा उजुरी दिएका थिए ।


पीडित महतले आफूलाई ठगी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय भक्तपुर, गृहमन्त्रालय, प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी, महानगरीय अपराध अनुसन्धान महासाखा लगायत विभिन्न निकाय उजुरी दिएकी थिइन् ।


केपी भनेर चिनिने कृष्ण प्रसाद ताम्राकारले शक्ति र राजनीतिक पहुँचको दुरुपयोग गर्दै आफूलाई ठगी गर्दै आएका छन् ।


बुटिक होटलको रुपमा परिचित होटल यतुमा शरु महतको २४ प्रतिशत र उनीहरुकै अर्को होटल कोटियार्डको २४ प्रतिशत गरी जम्मा ४८ प्रतिशत शेयर रहेको छ ।

महत र होटल कोटियार्डको तर्फबाट ९६ लाख शेयरमै लगानी गरेको कागजमा उल्लेख छ । त्यस्तै होटल निर्माणमा शेयर रकम बाहेक पनि आफूले विभिन्न मितिमा नगद ३० लाख भन्दा धेरै लगानी गरेको महतको भनाई रहेको छ ।

होटल सञ्चालनमा नआउँदै गुण्डार्दी शैलीमा शेयर कब्जा गरेका ताम्राकारले अहिले आफ्नो श्रीमती र आफ्नो नाममा होटल यचु नाम राखेर सोही भौतिक संरचनामा होटल सञ्चालन गर्दै आएका छन् ।

याे पनि पढ्नुहाेस्

उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ताम्राकारको ‘ठगीधन्दा’मा सांसद बस्नेत, एसपी श्रेष्ठकै सेटिङ !

गृहमन्त्री थापालाई भक्तपुरका एसपीकै ‘च्यालेन्ज’: ‘ठग’ ताम्राकारलाई एसपीको संरक्षण, गृहको पत्र अलपत्र !