गृहमन्त्री थापालाई भक्तपुरका एसपीकै ‘च्यालेन्ज’: ‘ठग’ ताम्राकारलाई एसपीको संरक्षण, गृहको पत्र अलपत्र !

दियो पोस्ट  


काठमाडौं, १६ चैत्र । गृहमन्त्री राम बहादुर थापाको निर्देशनलाई भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठले लत्याएको पाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्व अधयक्ष कृष्ण प्रसाद ताम्राकारलाई पक्राउ गरी मुद्दा चलाउन गत असार ३ गते निर्देशन दिएपनि एसपी हिमालय श्रेष्ठले अहिलेसम्म पक्राउ नगरी उल्टै संरक्षण गर्दै आएको पाइएको हो ।


भक्तपुरमा सञ्चालित ‘होटल यातु’ मा शेयर लगानी गराएर मनसुन विक्रम शाह र उनकी पत्नि शरु महतलाई एक करोड १५ लाख रुपैयाँ ठगी गर्ने ताम्राकारलाई एसपी श्रेष्ठले एक वर्षसम्म पक्राउ गर्न सकेका छैनन् । तर, ताम्राकार भने खुलमखुल्ला हिँडिरहेका छन् ।

होटल सञ्चालनमा आउनु अघि नै व्यवस्थापनमा गुण्डा नाइके गणेश लामाका मान्छे भनेर चिनिएिका कुन्साङ लामालाई ल्याएर आफूलाई त्यहाँबाट योजना बद्ध रुपमा बाहिर निकालेको र आफूलो लगानी गरेको १ करोड १५ लाख रुपैयाँ अहिलेसम्म नपाएको पीडित शरु महतको आरोप छ । उनीहरुले गत असार ३ गते गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्रालयले ताम्राकारलाई पक्राउ गरी कानुनी कारबाही गर्न निर्देशन दिएको २४ दिनपछि गत असारको २४ गते ठगी मुद्दा दर्ता भएको थियो ।

ठगी आरोपमा पटक पटक पक्राउपछि छुटेका कृष्ण प्रसाद ताम्राकारलाई मुद्दा चलाउन भने भक्तपुरका एसपी श्रेष्ठले १० महिनासम्म सकेका छैनन् ।


गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई गत असार ३ गते नै पत्राचार गरेको छ । पत्रमा गृहमन्त्रीको प्रत्यक्ष निर्देशन अनुसार कारबाही गर्न भनिएको अहिलेसम्म त्यो पत्र नै अलपत्र परेको छ । प्रहरी प्रधान कार्यालयले कारबाही अगाडी बढाउन महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपाेखरि र भक्तपुर प्रहरी परिसरलाई नै पत्र काटिसकेको छ । तर, यतिबेला जेलकाे चिसाे हावा खाइरहनु पर्ने ताम्राकार खुलमखुल्ला अन्य व्यक्तिलाई समेत ठगी गर्दै हिँडिरहेका छन् ।

बुटिक होटलको रुपमा परिचित होटल यतुमा मनसुनका श्रीमती शरु महतको २४ प्रतिशत र उनीहरुकै अर्को होटल कोटियार्डको २४ प्रतिशत गरी जम्मा ४८ प्रतिशत शेयर रहेको छ । महत र होटल कोटियार्डको तर्फबाट ९६ लाख शेयरमै लगानी गरेको कागजमा उल्लेख छ । त्यस्तै होटल निर्माणमा आफूले ३० लाख भन्दा धेरै लगानी गरेको शाहको भनाई रहेको छ । होटल सञ्चालनमा नआउँदै गुण्डार्दी शैलीमा शेयर कब्जा गरेका ताम्राकारले अहिले आफ्नो श्रीमतीको नाममा होटल याचु नाम राखेर सोही भौतिक संरचनामा होटल सञ्चालन गर्दै आएका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघको ५० वर्ष पुगेको स्वर्ण महोत्सवमा स्मारिका प्रकाशित भएपछि उक्त स्मारिकामा होटल यचुको विज्ञापन देखेपछि पीडितले आफू ठगिएको चाल पाएका थिए ।

ठगिएको चाल पाएपछि २०७४ चैत्र १२ गते उनी भक्तपुर प्रहरीको सरणमा पुगेका थिए । तर तत्कालिन प्रहरी प्रमुख एसपी किरण राणाले जाहेरी समेत लिन अस्विकार गरेकी थिइन् ।

प्रहरीले जाहेरी समेत दर्ता नगरेपछि पीडित परिवारले गृहमन्त्री राम बहादुर थापालाई समेत भेटेका थिए । गृहमन्त्री थापाले तुरुन्त प्रहरी प्रमुख सर्वेन्द्र खनाल, भक्तपुरका सिडिओ, तत्कालिन उपत्यका हेर्ने डिआइजी मनोज नेउपाने र भक्तपुरका एसपी हिमालय श्रेष्ठलाई गृहमन्त्रालयमा बोलाएका थिए ।

गृहमन्त्रीकै अगाडी प्रहरी प्रमुख खनालले ‘यस्तो विषय मन्त्रालयमा कसरी आइपुग्यो ?’ भन्दै डिआइजी मनोज नेउपानेलाई हप्काएका थिए ।


गृहमन्त्री थापाले समेत निर्देशन दिएपछि पीडित परिवार गृहमन्त्रालयबाट न्याय पाउने आसमा बाहिरिएका थिए । १० महिनादेखि भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले पीडित परिवारकाे भावनामा खेलवाड गरेकाे पीडित परिवारकाे भनाइ अदालती कागजातका साथै केही कल रेकर्डमा समेत देखिन्छ ।

याे पनि पढ्नुस्

उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ताम्राकारको ‘ठगीधन्दा’मा सांसद बस्नेत, एसपी श्रेष्ठकै सेटिङ !

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती

करोडौँ ठगी गर्ने ‘केपी’ ताम्राकारलाई पक्राउ गर्न भक्तपुरका एसपी हिमालय श्रेष्ठ असफल !

‘ठग’ ताम्राकारलाई जोगाउन भक्तपुर उद्योग वाणिज्य संघ नै सक्रिय, ‘लेटरप्याड’कै दुरुपयोग !