धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले एक व्यक्तिलाई गैरकानुनी रुपमा हिरासतमा राखेको छ । दियोपोस्ट डटकमलाई समाचार र प्रमाण समेत दिएको झूटो आशंकाको आधारमा जिल्लास्थित व्यावसायी सुवास बसेललाई प्रहरीले गैरकानुनी थुनामा राखेको हो ।
आइतबार जिल्ला सदरमुकाम धादिङवेशीमा मिटरब्याजको विषयलाई लिएर बलराम ढोलाली र गिताराज तिमिल्सिनाबीचको विवादको समाचार दियोपोस्टलाई दिएको भन्दै दिउँसो बसेलको मोबाइल प्रहरीले कब्जामा लिएको थियो । मोबाइल कब्जामा लिएको समाचार सार्वजनिक भएको केहीबेरमै प्रहरी निरिक्षक अभय लामाको समुहले उनलाई गैरकानुनी रुपमा थुनामा राखेको हो । यसरी गैरकानुनी रुपमा पक्राउ परेका उनलाई सिडिओ कार्यलयले म्याद थप समेत गरिदिएको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दान बहादुर कार्कीलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले उनको विषयमा बुझेर प्रतिक्रिया दिने बताए । तर, जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।