बालुवाटार बैठक निष्कर्ष विहीन, साँझ फेरि छलफल

राजनीति

दियोपोस्ट संवाददाता  

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक सोमबार पनि बिना निष्कर्ष सकिएको छ ।

सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की कार्यदलका सदस्य जीवन परियार सहभागी थिए।

नेकपा (एमाले)बाट कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।

प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षसँग अलगअलग अनौपचारिक औपचारिक छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेको कांग्रेस सांसद जीवन परियारले बताए। साँझसम्म सहमति जुटाउने गरी प्रधानमन्त्री लागिपरेको उनले बताए।