काठमाडौं, २८ वैशाख । फूटको नजिक पुगेको भनिएको क्रान्तिकारी माओवादी तत्काल नफूट्ने भएको छ ।
अध्यक्ष मोहन बैद्यले एकताको लागि छुट्टै वैठकको आयोजना गरेपछि बादल समुहले अनौपचारिक बैठकमात्रै गरेका छन् ।
राजधानीको कुपण्डोल स्थित नेवा राज्य कार्यलयमा भएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्य सहभागी भएका थिए ।
अध्यक्ष बैद्यले छलफलको लागि जेठ २ गते बैठकको आयोजना गरेपछि बादल समुहले आयोजना गरेको केन्द्रीय समितिको विस्तारित बैठक अनौपचारिक बैठकमा परिणत भएको हो ।
वैठकमा, महासचिव रामबहादुर थापा बादल, प्रवक्ता पम्फा भुषाल, कुलप्रसाद केसी सोनाम, देव गुरुङ, हितमान साक्य लगायत नेताहरु सहभागी भएका थिए ।