काठमाडौं ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले अझै जरिवाना नतिरेको बताएको छ ।विज्ञप्ति जारी गर्दै साझा यातयातका २४ जना कर्मचारीले भने जरिवाना तिरेको बताएको हो । आयोगका अनुसार पटक–पटक ताकेता गर्दा पनि सम्पत्ति विवरण नबुझाएपछि जरिवना तोकिएको थियो । तर उनले अहिलेसम्म पनि जरिवाना बुझाएका छैनन् ।
५ हजारको दरले जरिवाना गरिएको थियो ।
‘साथै साझा यातायात संचालक समितिका सदस्यहरू, लेखा समितिका संयोजक एवं सदस्यहरू र कार्यरत कर्मचारीहरूले उक्त जरिवाना रकम दाखिला गरेको तर संचालक समितिका अध्यक्ष कनकमणी दिक्षितले मात्र हाल सम्म उक्त जरिवाना रकम वुझाएकोरदाखिला गरेको नपाईएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्तिः २०७३।१।३० गते ।
———————————-
जरिवाना रकम दाखिला गरेको सम्बन्धमा ।
———————————————
साझा यातायात सञ्चालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र कार्यरत कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० तथा अख्तिायार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क. मा भएको व्यवस्था बमोजिम आ.व. २०७१।७२ को सम्पत्ति विवरण तोकिएको समय भित्र नबुझाएको सम्बन्धमा यस आयोगबाट मिति २०७२।१२।१४ अख्तिायार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क. बमोजिम जरिवाना गरी ३० (तीस) दिन भित्र सम्पत्ति विवरण भरी तोकिएको निकायमा बुझाउन र सो को जानकारी यस आयोगलाई पठाउन निर्णय भए बमोजिम उक्त साझा यातायात सञ्चालक समितिका देहायमा उल्लेखित पदाधिकारी, लेखा समितिका पदाधिकारी र कार्यरत कर्मचारीहरुले २०७२।०१।२६ गते रु.५०००।- का दरले जरिवाना रकम दाखिला गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ।
साथै साझा यातायात संचालक समितिका सदस्यहरू, लेखा समितिका संयोजक एवं सदस्यहरू र कार्यरत कर्मचारीहरूले उक्त जरिवाना रकम दाखिला गरेको तर संचालक समितिका अध्यक्ष कनकमणी दिक्षितले मात्र हाल सम्म उक्त जरिवाना रकम वुझाएको/दाखिला गरेको नपाईएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
यस्तो छ विज्ञप्ति
साझा यातायात संचालक समितिको नामावलीः
————————————————-
१. श्री शंकरराज जोशी, क्षेत्रपाटी, काठमाण्डौं सदस्य
२. श्रीमती वन्दना थापा,गौरीधारा, काठमाण्डौं सदस्य
३. श्री भुषण तुलाधर,किर्तिपुर, ट्याङलाफाट सदस्य
४. श्री रुद्र पौडेल,कोटेश्वर, काठमाण्डौं सदस्य
साझा यातायात लेखा समितिको नामावलीः
——————————————–
१. श्री लक्ष्मी रत्न बज्राचार्य,थापागली -११, काठमाण्डौं संयोजक
२. श्री मनोहर जि रौनियार,का.म.न.पा.-२४, काठमाण्डौं सदस्य
३. श्री माधव राज घिमिरे,नागार्जुन न.पा.-१२, काठमाण्डौं सदस्य
साझा यातायातमा कार्यरत कर्मचारीहरुको नामावलीः
——————————————————-
१ महेन्द्र राज पाण्डेय का.मु.प्र. कार्यकारी अधिकृत
२ गोपालप्रसाद पन्त लेखा अधिकृत
३ सुनिल महर्जन लेखा सहायक
४ धनराज दाहाल कार्यालय सहायक
५ नविन पौडेल कार्यालय सहायक
६ नारायण महर्जन मेकानिक हेल्पर
७ खडग बहादुर तामाङ मेकानिक हेल्पर
८ माया थापा मगर प्रशासन सहायक
९ राममाया श्रेष्ठ पियन
१० राम बहादुर बस्नेत टाईम मेकर
११ महेन्द्र तामाङ टाईम मेकर
१२ कृष्ण बहादुर रोक्का टाईम मेकर
१३ राजेन्द्र खतिवडा टाईम मेकर
१४ मधु थापा हल्का सवारी चालक
१५ गणेश कुमार दुवाल मेकानिक
१६ हिरामणी खनाल टाईम किपर
१७ लेखनाथ फुयाल टाईम किपर