काठमाडौं, ४ जेष्ठ । पटक–विवादित भाषण गरेर चर्चामा आईरहने प्रधानमन्त्री ओलीले फेरी अर्को सपना बाँडेका छन् । मंगलबार प्रधानमन्त्रीले फेरी अर्को योजना सुनाएका छन् ।
पार्टी निकट महिला संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले फास्ट ट्रयाक र रेलको योजना अघि सार्दा विपक्षीहरु आत्तिएको उल्लेख गर्दै तर सरकार आफ्ना उद्देश्यतिर केन्द्रित हुने बताए । ‘पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन,’ सरकारले आफ्नै पानी जहाज किन्ने बताउँदै उनले भने,‘आफ्नो पानी जहाजमा सामान ल्याउँछौ, आफ्नो रेल तीन दिनमा काठमाडौं आइपुग्छ ।’ उनले समुद्रमा नेपाली झण्डाअंकित पानी जहाज चलाउने उल्लेख गरेका थिए ।
प्रधानमन्त्री ओलीले हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन्, भनदै आफूहरुले त्यो काम सक्ने जनाए । उनले भने, ‘पानी भएपछि पानी जहाज चलाउन किन नहुने के छ?
विपक्षिले आफ्नो नविन सोच सुनेर कुरा काटेर बसेको समते उनको आरोप थियो । ‘छक्क पर्छन् सुन्दा । यो भन्दा टाढा टाढा रेल कुदेका छन् कि छैनन् ? अलिकति समय पर्खनुस्,’ उनले भने, ‘नेपालमा सोच्ने विचार गर्नेभन्दा अगाडिको भागमात्रै हेर्ने चलन भएको ठाउँमा अलिकति नयाँ कुरा गर्यो् भने अनौठो हुन्छ ।’