बाईक चोर्दै गरेको भिडियो सिसिटिभीले खिचेपछि, दुई पक्राउ (बाईक चोर्दै गरेको भिडियोसहित)

दियो पोस्ट  

ईटहरी, १६ जेठ । ईटहरीमा बाईक चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मोरङ्बाट पक्राउ गरिएको हो । गोरखा डिपार्टमेन्टल स्टेरअगाडीबाट पल्सर बाईक चोरी भएको थियो । चोरीमा समलग्न मोरङ डाँङ्गीहाट ९ बस्ने वर्ष २८ का सुरज चौधरी र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका व्रहरी कार्यलय बेलबारीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
को २२ प ५२२ नम्बरको निलो पल्सर मोटरसाईकल चोरी गरी को २१ प ७०१८ नक्कली नम्बर राखि चलाउँदै आएका उनीहरुको गोरखा डिापार्टमेन्टल स्स्टिोले भिडियो कैद गरेको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यस्तो छ भिडियो ।