काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्र निकट मजदुरहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा पुन शालिकराम जम्मकट्टेल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा यातयात मजदुरका नेता जगत सिंखडा निर्वाचित भएका छन् ।
राजधानीको भृकुटिमण्डपमा शनिबार सुरु भएको महासंघको छैटौं राष्ट्रिय महाधिबेशन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका थिए ।
बन्द शत्रमा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै १ सय ५१ सदस्यिय केन्द्रीय समिति बनेको छ ।