प्रधानमन्त्रीको ‘पानी जहाज सपनामा’ महाविर पुनको समर्थन, पुरा गर्ने विकल्प यस्तो छ

दियो पोस्ट  

काठमाडौं, ९ जेठ । गाउँ गाउँमा ईन्टरनेट पुर्‍याएर चर्चामा आएका महाविर पुनले प्रधानमन्त्री ओलीले भने जस्तो सपना पुरा गर्न सकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पुनले आफ्नो धारणा राख्दै समुन्द्रमा नेपाली पानी जहाज चलाउन समेत संभव रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले देखाएको सपना पुरा गर्नका लागि पुनले दुई विकल्प समेत सार्वजनिक गरेका छन् ।

उनले राखेको धारणा यस्तो छ ।

पुरा गर्न सकिन्छ…


नेताज्यूहरु, सरकारी कर्मचारीज्यूहरु र म जस्तै सर्बसाधारण नागरीकज्यूहरु, बोलेको कुराहरु पुरा गर्न चिन्तन, आँट, जाँगर, स्वच्छ हृदय र दिमाग चाहिन्छ र पुरा गर्न सकिन्छ पनि तर दुईवटा महत्वपूर्ण कदमहरु नचाली हुँदै हुँदैन ।

देशको भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भनेर आज भोली नेपालमा ठुलै बहस चलेको छ र बहस चल्नु राम्रो कुरा हो । देश बिकासको लागि तत्काल चाहिने १०,००० मेगावाट बिजुली निकाल्ने, उत्तर दक्षिण र पुर्व पश्चिम रेलमार्ग बनाउने, काठमाडौँ बाट निजगढ सम्मको फास्ट ट्रयाक नेपालीले नै बनाउने, नेपालमा नै पेट्रोलरडिजेल निकाल्ने र बिभिन्न किसिमका खानीहरु निकाल्ने, काठमाडौँ उपत्यका बासीहरुको घर घरमा पाइप बाट खाना पकाउने ग्यास पुर्याउने, एउटा पानी जहाज किनेर समुन्द्रमा चलाउने र देशलाई आत्मनिर्भर बनाउने आदि ईत्यादि र अन्य धेरै कुराहरुको बहस जारी छ । बास्तवमा यी कुराहरु कुनै असम्भव र पुरा गर्न नसकिने कुराहरु हुँदै होइनन । अझ प्रस्ट रुपमा भन्नु पर्दा यस्ता कुराहरु पुरा गर्न नसक्ने सरकार कुनै पनि हालतमा गतिलो सरकार हुनै सक्दैन । अनि यस्ता कुराहरुमा नकारात्मक र अनुत्पादक टिका टिप्पणी गर्ने नेताहरु र सर्बसाधारण नागरिकहरु नेपाल आमाका बाटो बिराउन लागेका अथवा बाटो बिराएका सन्तानहरु हुन् । तर उनीहरुले बाटो बिराए भनेर यसलाई त्यति गम्भीर रुपमा लिन आबश्यक छैन किन भने जिन्दगी बिताउने क्रममा हामीले एक पटक मात्र होइन कि कैंयौं पटक बाटो बिराउँछौं र नयाँ नयाँ कुराहरु सिक्छौं । यो स्वाभाविक कुरा हो । देश बिकास गर्ने काम सजिलो नभए पनि गाह्रो काम चाहिं होइन। त्यसको लागी निम्न अनुसारको दुइ ओटा कामहरु सरकारले नगरी हुँदैन ।

१० देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनको अधिकतम उपयोग गर्ने र उनीहरुलाई देश विकासको काममा प्रयोग गर्न सकिने किसिमको बाताबरण सिर्जना गरी काममा लगाउने ।
२० बिज्ञान तथा प्रविधिको विकास नगरिकन देश कहिले पनि उँभो लाग्न सक्दैन भन्ने कुरा लाई नेपाल सरकारले हृदय देखि नै मनन गरी बिज्ञान तथा प्रविधिको विकासलाई उच्चतम प्राथमिकता दिने र नेपाली बैज्ञानिकहरु, खोजकर्ताहरु, नवप्रबर्तकहरु र आविष्कारकहरु लाई देशमा नै बसेर काम गर्न प्रोत्साहन गर्नको लागि दिगो रुपमा संचालित र उत्पादनमुलक अनुसन्धान केन्द्रहरु खोल्ने ।

दुर्भाग्यको कुरा के हो भने अहिले सम्मका नेपाल सरकारले यी विषयहरुलाई न्यूनतम प्राथमिकतामा राखेका छ विज्ञान तथा प्रबिधिको विकासको लागि चाहिने बजेट छुट्टयाऊन एकदमै कंच्युसाई गरी रहेको छ र देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र संशाधनको उपेक्षा गरीरहेका छ । जब सम्म माथी भनिएका दुर्इ ओटा कदमहरु उच्च प्राथमिकताका साथ चालिदैन तब सम्म नेपालको विकास कहिल्यै पनि हुँदैन । हालको सरकारले पनि यी दुई कुरामा ध्यान दियो भने पक्कै पनि नेपाल ३० बर्ष भित्रमा एउटा पूर्ण विकशित देश बन्ने छ । यो कुरा ठोकेरै भन्न सकिन्छ ।


TATA ADD

सिफारिस