काठमाडौं, १३ जेठ । यातयात व्यावसायीको चक्का जामको क्रममा विहीबार विहानै काठमाडौंको चाबहिल र कालिमाटीमा ट्याक्सीमाथि तोडफोड भएको छ । कालिमाटीमा एक ट्याक्सीमाथि तोडफोड भएको छ भने, चाबहिलमा पनि एक ट्याक्सी माथि तोडफोड भएको हो ।
महानगरिय प्रहरी अपराध महासाखाका अनुसा जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महासाखाका अनुसार चार हजार भन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यातयात व्यावसायीले ट्राफिक नियम उल्लंघन गरेकोमा शुल्क बढाएको भन्दै विहबिार चक्काजाम गरेका हुन् । जेठ १ गतेदेखि एकहजारदेखि पन्द्र सय सम्म जरिवाना गर्ने प्राबधान राखिएको थियो ।