सदनमा खानेपानी मन्त्री र सञ्‍चारमन्त्रीको खोजी, सभामुखको रुलिङ

संसद

दियोपोस्ट संवाददाता  

काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा बैठकमा विनियोजन माथि छलफल चलिरहेको छ। तर सम्बन्धित मन्त्रालयका मन्त्री नै अनुपस्थित छन्।

छलफलमा बोल्ने क्रममा सांसद डा अमरेश कुमार सिंहले एक मिनेटपछि खानेपानी मन्त्री र सञ्‍चारमन्त्रीलाई खोजे। उनले सभामुखमार्फत् रुलिङको माग गरे। उनले भने, ‘सभामुख महोदय विनियोजनमाथि छलफल सुरु हुँदा खानेपानी मन्त्री र सञ्चारमन्त्रीलाई देखिरहेको छैन। उहाँहरु नभइ कसरी छलफल हुन्छ। कि मन्त्रीबिनै छलफल हुन्छ ?’

सभामुखले पनि सदनमा मन्त्री नदेखेपछि केही समय अमरेशलाई रोस्ट्रममै रोके र मन्त्रीहरुलाई तत्काल उपस्थित हुन अनुरोध गरे। त्यसपछि सिंहले आफूलाई उभ्याइएको समय नकाट्न अनुरोध गरे। सभामुखले पनि उक्त समय नकाटिने जनाए।

लगत्तै कांग्रेसका सचेतक रमेश लेखकले छलफलमा मन्त्रीहरु उपस्थित नहुने र त्यसको सजाय सांसदहरुले भोग्नुपर्ने अवस्था भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।