सिस्नेखोला सुरुङ मार्गलाई राजमार्ग जोड्ने बलम्बु फ्लाइओभर ( फोटो फिचर सहित )

दियोपोस्ट संवाददाता  

काठमाडौं । बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ।
राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिन लागिएको हो।

अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।
उनका अनुसार फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।

Photo: Nepal Photo Library
Photo: Nepal Photo Library
Photo: Nepal Photo Library
Photo: Nepal Photo Library
Photo: Nepal Photo Library
Photo: Nepal Photo Library