नक्कली भुटानी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री ‘बादल’ पुत्र प्रतिक र बेचन झा सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई ठगी गर्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक भएकाहरुमा पूर्वगृहमन्त्री राम बहादुर थापा बादलका सुपुत्र प्रतिक थापा र बेचन झा रहेका छन् । उनीहरु दुवैजनालाई महानगरीय प्रहरी परिसरले सार्वजनिक गरेको हो ।

उनीहरु विरुद्ध लिखत किर्ने, राज्य विरुद्धको अपराध र संगठीत अपराध मुद्दामा काठमाडौं अदालतमा ७ दिन म्याद थप गरि अनुसन्धान थालिएको छ । त्यस्तै काठमाडौं जिल्ला अदालतबाट यसअघि नै फरार सुचीमा रहेको फैसला भएकाले फैसला कार्यान्वयनका लागि समेत पेश गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।