हिंसासम्बन्धी उजुरीको निर्णयमा ढिलाइ

दियो पोस्ट  

 
काठमाडौँ, २१ जेठ । राष्ट्रिय महिला आयोगमा महिला हिंसा तथा घरेलु हिंसासम्बन्धी उजुरी परेको अनुपातमा निर्णय हुने कार्यमा ढिलाइ हुन थालेको छ ।

विसं २०७२ साउनदेखि गत वैशाखसम्म घरेलु हिंसामा २०३ तथा महिला हिंसामा ६६ मुद्दा उजुरी भएका थिए । त्यसमध्ये चालु आर्थिक वर्षको अघिल्लो महिनासम्म कारबाही भएका मुद्दामा घरेलु हिंसामा ८१ तथा महिला हिंसामा २२ छन् ।

आयोगका अधिकृत माधव पाण्डेयका अनुसार गत भदौमा घरेलु हिंसाका मुद्दा सबैभन्दा बढी ३२ दर्ता भएका छन् ।

त्यसैगरी, महिला हिंसासम्बन्धी असोज, मङ्सिर र फागुनमा १०÷१० मुद्दा दर्ता भएका छन् । आयोगले कानुनी परामर्श सेवा, कानुनी सहायताका लागि सिफारिस÷सेल्टरका लागि सिफारिस र शान्तिसुरक्षाका लागि सुरक्षा निकायमा सिफारिस समेत गर्दै आएको छ ।

TATA ADD