तेहरान (इरान), २१ जेठ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले शुक्रबार इरानी टेलिभिजनद्वारा प्रसारित एक सम्वोधनमा अमेरिका, बेलायत र इजरायल अहिले पनि इरानको प्रमुख शत्रु भएको बताएका छन् । खामेनीले वासिङटनले तेहरानको आणविक हतियार सम्झौता सम्बन्धमा विलम्ब गराएको आरोप लगाएका छन् ।
“अमेरिका, दुष्ट बेलायत र क्यान्सरयुक्त यहुदी राज्य ९इजरायल० इरानका प्रमुख शत्रु हुन्”, नेता खामेनीले भने । हामी विश्व शक्ति राष्ट्रहरु चीन, फ्रान्स, रसिया, बेलायत एवम् अमेरिका र जर्मनीसँग ९पी ५ं१० आणविक हतियार सम्बन्धमा सम्झौता ग¥यौँ । यसलाई थप बल मिलोस् भनेर अमेरिकासँग पनि छुट्टै वार्ता ग¥यौँ ।
सम्झौतापूर्व अमेरिकाले केही प्रतिबद्धतासमेत जनायो र हामीले पनि प्रतिबद्धता जनायौँ । हामीले प्रतिबद्धता पूरा ग¥यौँ तर अविश्वासी अमेरिकाले विलम्ब गर्दै आएको छ, खामेनीले इरानी जनतालाई सम्बोधनका क्रममा भने ।
जसले अमेरिकालाई विश्वास गरेको छ, उसले ठूलो गल्ती गरिरहेको छ र अमेरिकाले उसलाई झापड लगाउने छ, वर्तमान् राष्ट्रपति हसन रौहानीलाई इङ्गित गर्दै इरानी सर्वोच्च नेताले बताए ।
आणविक सम्झौता मध्य जनवरीमा कार्यान्वयनमा ल्याएपछि इरानमाथि लगाइएका केही अन्तर्राष्ट्रिय नाकाबन्दी हटाइएका छन् तर अमेरिका र यूरोपियन युनियनले इरानको क्षेप्यास्त्र कार्यक्रम, मानव अधिकारको अवस्थालगायतका कुरालाई थाँती राख्दै अमेरिकाद्वारा आतङ्कवादी सूचीमा राखेको लेबनानी हेजबुल्लाह समूहलाई समर्थन गरी अगाडि आएको, उनको भनाई थियो ।
एएफपी