
मुगु । रारातालमा पौडी खेल्ने क्रममामा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका (५ का २१ वार्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रावल रारा ताल किनारमा निर्माणधिन साइकललेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनी सहित साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलको भनाइ छ ।
दिउसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्माबाट २ वटा डुङ्गासहित नेपाली सेना घटना स्थलमा पुगेको थियो रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि पुगेर शव तालबाट बाहिर निकालेको थियो ।घटनाको मुचुल्कापछि शवको पोस्टमाटमका लागी जिल्ला अस्पताल ठिनी ल्याउन लागीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।