मलेखु खोला कब्जा गरेर निर्माण भइरहेको ह्वासिन सिमेन्टमा बाढी पस्यो, १ अर्बको क्षती ! (फोटो फिचर)

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, असार ३० । मलेखु खोला कब्जा गरेर निर्माण भइरहेको चिनिया कम्पनि हुवासिन सिमेन्ट नारायणी प्रालीमा बाढी प्रवेश गरेको छ ।


धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भइरहेको उक्त कम्पनिमा बाढी पसेको हो । बाढीले के–कति क्षती भयो त्यसबारेको विवरण भने आइसकेको छैन ।
बाढीले उक्त स्थानका स्क्याभेटर, डोजर, र टिफरमा क्षेती पुगेको स्थानियले बताए ।


जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काका अनुसार सोमबार विहान करिब २ बजेतिर बाढी आएको थियो । बाढीले डोजर, टिफर र गाडीहरु पुरेको खड्काले जानकारी दिए । यद्धपी मानवीय क्षेती भने नभएको उनले बताए ।


डिएसपी खड्काका अनुसार तीन वटा गाडी पुरेको छ । बाढीले एउटा स्क्याभेटर पनि पल्टाएको छ । १२ हजार लिटरको डिजल ट्याङ्क बगाएको छ । छड, सिमेन्ट, केमिकल लगायत बस्तुहरुको गोदाममा पसेको बाढीले गोदाम नै बगाएको छ ।


प्रारम्भिक रिपोर्ट अनुसार एक अर्बभन्दा बढीको क्षती भएको छ ।


चिनिया कम्पनि र नेपाली साझेदार सुरज बैद्यको लगानीमा निर्माण भएको हुवासिन सिमेन्टले मेलेखु खोलाको ३ सय रोपनी जग्गा कब्जा गरेर उद्योग निर्माण गरिरहेको छ । यस विषयमा दियोपोस्टले पटक पटक समाचार प्रकाशन गर्दै आएको छ ।

ह्वासिन् सिमेन्ट उद्योग बनाउन मलेखु खोला नै ‘कब्जा’, नेताकै समलग्नतामा ३ सय रोपनी खोला गायब !

मलेखु खोला कब्जा प्रकरण : संसदीय समितिमा उजुरी, ५ मन्त्रालयलाई एकैसाथ यस्तो निर्देशन !