विवादमा आयल निगमको डिपो प्रमुख सरुवा : कम्प्युटर गायब बनाउनेलाई अम्लेखगंजको जिम्मा

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल आयल निगमले डिपो प्रमुखहरु हेरफेर गरेको छ । निगमको केन्द्रीय कार्यालयको प्रशासन विभागमा कार्यरत प्रलयंकर आचार्यलाई निगमको सर्वाधिक कारोबार हुने भनिएको अम्लेखगन्ज डिपो प्रमुख बनाइएको छ । त्यस्तै केन्द्रीय प्रशासन विभागमै कार्यरत दिपक घिमिरेलाई प्रादेशिक कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

केन्द्रीय आपूर्ति वितरण विभागबाट नेपाल डिपो प्रमुखमा मनोहर डिसीलाई सरुवा गरिएको छ । थानकोट डिपोमा कार्यरत मोहन खड्कालाई हवाई इन्धन डिपो नेपालगन्ज सरुवा गरिएको छ । निगमको ईआरपी प्रोजेक्ट लोकान्थलीमा कार्यरत गिता सापकोटालाई झापाको चारआली शाखामा सरुवा गरिएको छ ।

त्यस्तै गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख ईन्जिनियर अभिषेक ठाकुरलाई निगमको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ । निगमको आन्तरिक नियन्त्रण तथा अनुगमन विभागमा कार्यरत राम कुमार न्यौपानेलाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले आफूलाई नियुक्त गर्ने दल नेपाली कांग्रेस निकटलाई महत्वपूर्ण डिपोहरुमा सरुवा गरेर च्यापेको आरोप छ । त्यतिमात्रै होइन निगम भित्र भ्रष्टाचार गर्ने र अनियमितता गर्नेलाई समेत उनले काखी च्यापेको स्रोत बताउँछ । यतिसम्मकी निगमको कम्प्युटर नै चोरीको आरोप लागेका प्रलयंकर आचार्यलाई अम्लेखगन्ज डिपो प्रमुख बनाइएको छ ।

चोरी गर्ने आचार्यलाई पटक पटक डिपोको जिम्मा

आयल निगमले खरिद गरेको महँगा कम्प्युटर, ल्याप्टप र प्रिन्टर समेत गायब पार्ने समुह निगम भित्रै छन् । यसरी चोरी गर्नेहरुले घरमा लाने र आफन्तलाई बाँढ्ने गरेका छन् । निगमको स्वामित्वमा हुनुपर्ने लाखौँको कम्प्युटर गायब पार्ने व्यक्ति हुन् प्रलयंकर आचार्य । उनलाई नै भट्टले पटक पटक मालदार निकायमा पठाउने गरेका छन् । यसअघि उनी भैरहवा डिपो, विराटनगर डिपो लगायत प्रमुख थिए । निगमले खरिद गरेको ४८ इन्चको एप्पल कम्पनिको डेस्कटप कम्प्युटर आचार्यले गायब बनाएका थिए । करिब १० लाख मुलय पर्ने यो कम्प्युटर आचार्यले विगत केही वर्षदेखि गायब बनाएका छन् । चावेल क्षेत्रमा कम्प्युटर व्यावसाय समेत गर्दै आएका उनले उक्त कम्प्युटर विक्री गरेको आरोप त्यतिबेला नै लागेको हो । विगतमा पनि २ लाख रुपैयाँ पर्ने आइफाइभ ८ सि ल्याप्टप उनले गायब पारेका थिए । ती ल्याप्टपहरु नियम अनुसार निगमलाई बुझाएर मात्रै खटाइएको स्थानमा जानुपर्ने भएपनि उनी गायब पारपछि मात्रै भैरहवा डिपोमा सरुवा भएको पाइएको छ ।

 

दियोपोस्टले प्राप्त गरेको रेकर्ड अनुसार उनले २०६४ साल पुस ३० गते निगमबाट २ थान ल्यापटप लिएका छन् । तर, ती ल्यापटप करिब १५ वर्ष पुग्न लाग्दा समेत फिर्ता गरेका छैनन् ।

त्यस्तै त्यसको एक वर्षपछि २०६५ साल भदौ २३ गते उनले निगमबाटै अर्का २ थान महँगा ब्राण्डका ल्याप्टप लिएर गएका थिए । तर, ती ल्यापटप पनि १२ वर्ष वित्न लाग्दा समेत फिर्ता गरेका छैनन् ।

त्यतिमात्रै होइन प्रशासनमा बस्दा क्याननको एमएफ २४१ एफ मोडलको प्रिन्टर समेत उनले हालसम्म गायब बनाएको तथ्य भेटिएको छ । ती सामग्री बनाउने आचार्यलाई निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने आकर्षक स्थानमा सरुवा दिँदै आएका छन् ।

आयल निगममा चोरको बिगबिगी : महँगा कम्प्युटर र ल्यापटप गायब बनाउने व्यक्ति डिपो प्रमुख !

 

सम्बन्धित खबर