टानको वार्षिक साधारण सभा प्रचण्डले उद्घाटन गर्ने, अन्जन र खुम चुनावी भिडन्तमा !

Diyo post  

काठमाडौं, १८ भदौ । ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)को वार्षिक साधारण सभा बुधबार हुँदैछ ।

टानको ४१ औँ वार्षिक साधारण सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने टानका अध्यक्ष नवराज दाहालले जानकारी दिए ।


राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आयोजित वार्षिक साभारण सभामा संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईको विशेष सहभागीता हुने आयोजकले जनाएको छ ।


साधारण सभाले नयाँ कार्यासमिति समेत चयन गर्नेछ । नयाँ कार्यसमितिका लागि दुइ पक्षिय चुनावी भिडन्त हुने भएको छ । पूर्व माओवादी र पूर्व एमाले समर्थीत पर्यटन व्यावसायीहरुले अन्जन थापा कुमारलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

यता नेपाली कांग्रेसले भने प्रजातान्त्रिक समुहको रुपमा खुम बहादुर सुवेदीलाई अघि सारेको छ । दुवै पक्षले आफ्नो चुनावी गतिविधिलाई तिब्रता दिएका छन् ।

सम्बन्धित खबर