नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीबारे प्रकाशित समाचार हटाउन धम्कीपूर्ण पत्र !

दियो पोस्ट  

काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको विषयमा प्रकाशित समाचार हटाउन लिखित धम्की आएको छ । निगमका प्रवक्ता बताउने रमेश पौडेलले समाचार नहटाए मानहानीको मुद्दा हाल्ने धम्की दिएका हुन् ।

निगमका अध्यक्ष युवराज अधिकारीमाथि यौन हिंसाको आरोप छ । यो आरोपमा उनी यसअघि नै कारबाहीमा परेका छन् । कारबाही परेका अधिकारीलाई नै तत्कालिन पर्यटन मन्त्री प्रेम आलेले अध्यक्ष नियुक्त गरेका थिए ।

उनी अध्यक्ष भएपछि भएका नितिगत भ्रष्टाचार लगायत दुबई स्थित कार्यालयमा भएको २ करोड हिनामिना प्रकरणबारे दियोपोस्टले समाचार प्रकाशन गरेको थियो । सोही समाचार हटाउन पौडेललले धम्की दिएका हुन् ।

उनले दिएको धम्कीपूर्ण पत्र यस्तो छ