काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गरेको छ ।
फूलको प्रदर्शनी कात्तिक १ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । मेलामा फरक–फरक स्टलमा थरीथरीका फूलहरु राखिएको छ । उक्त फूल विभिन्न ठाउँका नर्सरीहरुले प्रदर्शन तथा प्रतिस्पर्धाका लागि राखेका हुन् ।
मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु पनि राखिएको संघले जनाएको छ ।
फोटोहरु:























