काठमाडौँ, २१ असोज ।
१ अत्याधिक केरा स्वास्थ्यका लागि हानिकारक
एकैपटक धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । केरामा पोटासियमको मात्रा अत्याधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटासियमले स्वास्थ्यलाई हानि गर्दछ । पोटासियम शरिरको हररेक कोषिकामा उपलब्ध हुन्छ । किनकि, यो जीवनको लागि एकदमै महत्वपुर्ण हुन्छ । व्यक्तिलाई दिनभरिमा ३५ सय मिलिग्राम पोटासियम आवश्यक हुन्छ । एउटा केरामा लगभग ४ सय ५० मिलिग्राम पोटासियम हुन्छ । अर्थात, एक व्यक्तिले दिनभरिमा सातवटासम्म केरा खाँदा हुन्छ ।
२. अण्डाको पहेँदो भाग धुम्रपानभन्दा खतरनाक
अण्डाको पहेँलो भाग धुम्रपानभनदा खतरनाक हुन्छ । यसले मुटुमा चुरोट पिउँनसजत्तिकै असर गर्दछ । जसले मुटुका धमनीलाई कडा बनाउँछ , जसलाई अथेरोस्केलोरोसिस भनिन्छ ।
३. कफीले छालाको क्यान्सर हुनबाट बचाउँछ
दिनहुँ ६ कपभन्दा बढी कफी पिउने व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ । कफीमा पाइने एक किसिमको तत्व, जसलाई चिकित्सकीय भाषामा एन्टिअक्सिडेन्ट भनिन्छ, छालालाई सुरक्षा दिन्छ र क्यान्सर लाग्न दिँदैन ।
४. डाईटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसले विश्वास गर्दछन् । तर, डाइटिङले तौल घटाउनुभन्दा पनि बढाउँन भुमिका खेलिरहेको हुन्छ । सामान्यतया डाइटिङले हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकोले मोटोपनामा वृद्धी ल्याउँछ ।
५. बियरले चिसोबाट बचाउँछ
बियर सेवन गर्दा चिसोबाट बच्न सकिन्छ । यसले शरीरमा चिसो पस्न नदिने भएकाले युवालाई निमोनिया र ब्रोङकाइटसजस्ता गम्भिर समस्या हुन दिँदैन । कतिपय अवस्थामा बियरको तितो स्वादले श्वासप्रश्वाससम्वन्धी भाइरस फैलनबाट समेत रोक्ने गर्छ ।
६. फुर्तिलो भएर हिँड्दा हृदयघातको खतरा घटाउँछ
फुर्तिलो तरिकाले हिँड्नाले हृदयघातको खतरालाई ४० प्रतिशत घटाउँछ । यदि फुर्तिलो तालमा हिँड्ने वा जगिङ गर्ने हो भने मुटुको चाल तीब्र हु्न्छ, मुटुको मांसपेशीको अभ्यास हुन्छ । जसले मुटुलाई स्वस्थ रहन सहयोग गर्दछ ।
नयाँ पत्रिकाबाट