अमेरिकामा १०० बर्षयताकै ध्वंसात्मक आँधी, आपतकालिन स्थितिको यस्तो घोषणा !

दियो पोस्ट  

बीबीसी । संयुक्त राज्य अमेरिकाको फ्रलोरिडामा १०० बर्षयताकै सबैभन्दा ध्वंसात्मक आँधि आएको छ । अमेरिकाको सबैभन्दा शक्तिशाली आँधीको बर्गिकरण अन्तर्गतको समुह चारमा राखिएको उक्त आँधीकोे वेग २५० किलोमिटर प्रतिघण्टा रहेको बताईएको छ ।

‘हर्रिकेन माईकल’ नाम दिईएको उक्त आँधीका कारण फ्लोरिडामा आपतकालिन अवस्थाको घोषण गरिएको छ । उक्त आँधीले फ्लोरिडाको प्यानह्याण्डर क्षेत्रलाई सबैभन्दा बढि प्रभाव पारेको अधिकारीहरुले जनाएको छ । बुधबार अपराह्न उक्त आँधीले मेक्सिकोमा उधुम मच्चाएको थियो ।

फ्लोरिडाका गभर्नर रिक स्टकले सर्वासाधरणमाझ खतरनाक समयको चेतावनि दिएका छन् भने भित्र बसिरहेका मासिहरुलाई बाहिर ननिस्कन समेत आदेश दिएका छन । सबै जनताहरुलाई सुरक्षित स्थानतर्फ जानको लागि आह्वान गरिएतापनि कैयौँ मानिसहरु नगएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

माइकलकै प्रकोपका कारण फ्लोरिडाका स्कुल, क्याम्पस लगायतका सम्पुर्ण सरकारी कार्यलयहरु समेत एक साताका लागि बन्द गरिएका छन । फ्लोरिडा छेउछाउका प्रान्तहरु एलाबा तथा जोर्जियामा पनि आधीँको खतरालाई मुल्यांकन गर्दै आपतकालिन अवस्थाको घोषण गरिसकेको छ । सामाजिक संजालहरुमा राखिएका तस्बिर तथा भिडियोहरुमा आँधीले मच्चाएको विध्वंश देख्न सकिन्छ । संघिय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लंगले २००० अघि बनाईएका घरहरुले आँधी थेग्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

TATA ADD

सिफारिस