काठमाडौं ७ बाट चुनाव लड्ने वामदेवलाई कांग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाशको काउन्टर !

दियो पोस्ट  

 

काठमाडौं, २४ असोज । डोल्पा, बाँके, ललितपुरको चर्चापछि नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि काठमाडौं ७ बाट रामविर मानन्धरलाई राजीनामा गराएपछि नेपाली राजनीति यतिखेर तरंगित छ ।

राजनीतिक वृत्तमात्र होइन, सामाजिक संजाल, नागरिकपंक्तिमा पनि कुनै राजनीतिक संक्रमण नभएको बेलामा वामदेवलाई सांसद बनाउन कै लागि जितेका अर्का सांसदलाई किन बलि दिंइदैछ भन्ने प्रश्न चारैतिर तेर्सिएको छ ।
भैपरी आउदा कुनै निर्वाचन क्षेत्रमा निर्वाचन हुने कुरा उचित भए पनि कसैका सांसद नबनी नहुनी र मन्त्री या प्रधानमन्त्री नबनी नहुने स्वार्थका लागि राज्य कोषको करोडौं रुपैयाँ खर्च गराएका निर्वाचन गर्न खोजेकोप्रति पनि नेपाली समाजले प्रश्न गरेको छ ।

संविधान बनेर स्थानीय तह, प्रदेश सभा, संघीय संसदको निर्वाचनपछि दुई तिहाईको सरकार बनेर मुलुक यतिखेर राजनीतिक स्थायित्व र विकासको दिशामा अघि बढ्नु पर्ने बेलामा राजनीतिक संक्रमणझैं कुनै व्यक्तिका लागि किन यस्ता छिद्र खोजिंदैछ भन्ने प्रश्न उठेको छ ।

अब वामदेव निर्वाचनमा नलडी नछाड्ने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट को उम्मेदवार बन्छ भनेर चर्चा चल्न थालेको छ । सामाजिक संजालदेखि केही संचारमाध्यममा कांग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा वामदेवका दरिला प्रतिस्पर्धी हुने चर्चा गरेका छन् । तर, गत निर्वाचनमा झापाबाट पराजित भएका विश्वप्रकाशले यसबारे औपचारिक रुपमा मुख खोलेका छैनन् ।

बरु उल्टै प्रश्न
आफू पनि जनताबाट अनुमोदित नभएका बुझेका विश्वप्रकाशले बरु उल्टै वामदेवमाथि राजनीतिक, नैतिक प्रश्न उठाउँदै राजनीतिक अस्थिरता ल्याउन खोजेको आरोप लगाएका छ । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै शर्माले काठमडौं मा उपनिर्वाचन राष्ट्रको आवश्यकता हो भन्दै प्रश्न गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यु ! काठमाडौ ७ मा उपचुनाव रास्ट्रको आजको आवश्यकता हो ? उहाँ कमरेड किन आउने संसदमा ? वनमन्त्री बन्न पक्कै होइन ! हिजो स्थिरताको नारा, आज अस्थिरताको तयारी !! प्रधानमन्त्री पदको उम्मेदवार संसदमा थप्ने प्रयत्नको यो भन्दा अर्को कुनै परिपक्व सन्देश केही छ या हुन्छ र ??’

TATA ADD