काठमाडौँ, असोज २७ । अन्तराष्ट्रिय बजारमा भाउ वृद्धी भएसंगै स्थानीय बजारमा सुनको मुल्य ६ बर्षयताकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौयता सबैभन्दा महंगो हो ।
शनिबारको नागरिक दैनिकमा खबर छ– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ । विहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयलेय बढेर उच्च् बिन्दुमा पुगेको हो । शुक्रबारको मुल्य ६ बर्षयताकै महंगो हो’, महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यलेय भने,‘२०६९ भदौमा प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो । दुई बर्षअघि नेपली बजारमा सुुनको मुल्य प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो ।