मानविय कमजोरीका कारण नै विपदका घटनाहरु बढेको गृहमन्त्रीको भनाई

दियो पोस्ट  

काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताएका छन् ।

प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा आयोजित कार्यक्रममाउनले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
‘मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् , यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ’ उनले भने ‘यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ”

गृहमन्त्री थापाले विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गरेकाले विश्वतापमान वृद्धि भई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै सम्बन्धित देशले आफ्नो नीतिगत सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको भन्दै उहाँले कमभन्दा कम क्षति हुने गरी विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा सरकार मात्र होइन, निजी क्षेत्रको पनि उत्तिकै लगानी र सक्रियता चाहिन्छ, यो भएर विपद न्यूनीकरणका सामूहिक कार्यक्रम एकसाथ लैजान सकेमात्र आर्थिक र मानवीय क्षति घटाउन सकिन्छ”, गृहमन्त्री थापाले भने ।

छिट्टै विपद व्यवस्थापन प्राधिकरण

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिट्टै विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने भएको छ । गृहमन्त्री थापाले विपद् व्यवस्थापनका लागि प्राधिकरणको आवश्यकता महसुस गरिएकाले यो छिट्टै गठन हुने जानकारी दिएका छन् ।
प्राधिकरण गठनपश्चात विपद् जोखिम न्यूनीकरणका लागि त्यससम्बन्धी योजना कार्यक्रम कार्यान्वयन गर्न प्राधिकरणले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले विपद् व्यवस्थापन प्राधिकरण गठनसम्बन्धी नियमावलीको मस्यौदा तयार भई कानून मन्त्रालयमा पठाइएको र यसले छिट्टै पूर्णता पाउने बताए ।

TATA ADD