धादिङ, असोज ३१ । तत्कालिन नेकपा माओवादीको १० वर्षीय जनयुद्धताका थुप्रै जनवादी विवाहहरु भए । त्यतिबेला माओवादीले चलाएको जनवादी विवाह लोप हुँदै गएको थियो ।
तत्कालिन माओवादीले चलाएको त्यो प्रगतिशिल विवाहलाई माओवादीले मात्रै हैन आम जनस्तरले पनि स्वीकार गर्दै आएका थिए । तर, पछिल्लो समय माओवादी शान्ति प्रक्रियामा आईसकेपछि जनवादी विवाह लोप हुन्दै गएको थियो ।
जब माओवादी सत्तामा पुग्यो, तब त्यस्ता जनवादी विवाहलाई लत्याएर माओवादी कार्यकर्ताहरु नै अकुत खर्च गरेर विवाह गर्न भ्याए । तर, धादिङमा तत्कालिन माओवादीका २ कार्यकर्ताले चल्दै आएको परम्परागत भड्किलो विवाहलाई चुनौती दिदै जनवादी विवाह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी त्रिपुरा सुन्दरी गाउँपालिकाले गरेको चियापान समारोहमा नै हरी विश्वकर्मा र पार्वती विश्वकर्माले जनबादी त्यो पनि एकसुको खर्च नै नगरी विहे गरेका हुन् । हरीले भने, ‘जनबादी विहेमा लाग्ने सामान्य खर्चको बन्दोबस्त पनि पार्टीले नै गरिदिएको हो ।’
त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत आगिञ्चोक निवासी त्रिपुरासुन्दरी गाउँकार्य पालिमा सदस्य हरि बिश्वकर्मा र त्रिपुरासुन्दरी गाउँकार्य पालिकाकै सदस्य पार्वती विश्वकर्माले सोमबार जनवादी विहे गरेका हुन् ।
उनीहरुले भनेका छन्,‘हाम्रो विवाहमा १ रुपैयाँ पनि खर्च भएको छैन । घरमा गएर पनि कुनै परम्परा अपनाईएन । जनवादी विवाहमा जे जे भयो, त्यहि सक्कियो ।’
नेकपा त्रिपुरा सुन्दरी गाउँपालिकाले आयोजना गरेको उक्त जनवादी विहेमा नेकपा धादिङका नेता तथा जिउँदा सहिदका रुपमा चिनिने रामबहादुर भण्डारी, नेता दिपक विश्वकर्मा लगायतले खादा माला ओढाएर बधाई एवम् दामपत्य जिवानको शुभकामना दिएका थिए ।
दुलाह हरी विश्वकर्मा त्रिपुरासुन्दरी ६ गोलाङका बासिन्दा हुन भने दुलही पार्वति विश्वकर्मा त्रिपुरासुन्दरी गाउँपालिका अचनेभञ्ज्याङकी हुन् । हरी तत्कालिन नेकपा नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष हुन् ।
अहिले उनी त्रिपुरासुन्दी गाउँ कार्यपालिका सदस्य हुन । पार्वती पनि गाउँकार्यपालिला सदस्य हुन् । उनी नेत्रावती सामूदायीक क्याम्पसको स्ववियू सदस्य समेत हुन् ।
दलित मुक्ति मोर्चाको जिल्ला सह सचिव, अखिल क्रान्तिकाी धादिको सदस्य हुँदै राजनीतिक गतिविधिमा उनी सक्रिय छिन् । दुबैजना नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता हुन् । विवाह समारोहमा ५०० जना भन्दा बढी नेता, कार्यकता तथा सर्वसाधारणहरु सहभागि थिए ।