टर्‍यो ठूूलो दुर्घटना, गुड्दै गरेको बसमा आगो लागेपछि यसरी निकालिए यात्रुहरु (फोटोफिचर)

दियो पोस्ट  

टि.पी शर्मा

पाँचखाल, कात्तिक ६ । काभ्रेको पाँचखालमा भयानक दुर्घटना हुनबाट एक यात्रुवाहक वस जोगिएको छ । पाँचखालको केराघारीमा गुड्दै गरेको हेलम्बु यातायातको बसमा एक्कासी आगो लागेको हो । बा ३ ख ३३४९ नम्बरको यात्रुवाहक बसको तार सर्ट भएपछि आगो लागेको हुन सक्ने स्थानियले बताएका छन् ।

आगो लाग्नासाथ यात्रुहरुलाई गाडी बाट बाहिर निकालिएको थियो । सोही गाडीमा रहेका यात्रु र स्थानियहरुको सहयोगमा आगो निभाईएको घटनास्थलमा रहेका स्थानिय कञ्चन अधिकारीले बताएका छन् । मानविय क्षति नभएपनि गाडीबाट यात्रु निकाल्ने क्रममा बसमा सामान्य क्षति पुगेको अधिकारीले बताएका छन् ।

तस्विरः कञ्चन अधिकारीको फेसबुक बाट