सिरियल ठग दिनेश कोइराला बालुवाटारबाट पक्राउ !

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ७ । सिरियल ठग दिनेश कोइराला मंगलबार पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारका लागि जापान पठाईदिन्छु भन्दै खोटाङ द्रिपुङ चुईचुम्मा गाउँपालिकाका श्याम खड्काबाट १९ लाख लिएर ठगि गरेको आरोपमा उनि पक्राउ परेका हुन । अपराध महाशाखाबाट खटिएको टोलीले काईरालालाई मंगलबार पक्राउ गरि महानगरिय प्रहरी परिसरलाई जिम्मा लगाएको छ ।

]श्यामलाई जापान पठाउन नसकेपछि कोईरालाले चेकमार्फत रकम फिर्ता गरेका थिए । तर, उक्त चेक बाउन्स भएपछि कोईरालालाई बैँकिङ कसुरमा पक्राउ गरिएको हो ।
सिरियल ठग कोईरालाले धेरै मानिसहरुलाई गठेको अनुसन्धानले देखाएको छ । विभिन्न व्यक्तिहरुलाई पैसा डबल हुने, व्यापार व्यवसायमा शेयर दिने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर कोइरालाले ठगी गर्ने गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कोईरालाले १ अर्ब भन्दा बढि रकम ठगी गरेको देखाएको छ । उनले ठगी गर्ने मध्यमा अधिकतम एकल महिलाहरु रहेका छन् । श्रीमानले विदेश बाट पठाईदिएको पैसा लल्याईफकाई गरि उम्काउने र फिर्ता नगर्ने गरेको आरोप उनीमा लागेको महानगरिय अपराध महाशाखाले जनाएको छ । बुधबार नै कोइरालाबाट ठगिएका पिडितहरु काठमाडौँ आउने समेत महाशाखाले जनाएको छ ।

कोइरालालाई सुरुमा बैंकिङ कसुर अन्तर्गत कारवाही हुने महानगरिय प्रहरी परिसरले जनाएको छ ।