काठमाडौं, ८ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मम गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो ।
बिहीबारको आर्थिक दैनिकमा खबर छ–गत असोज ११ गते उक्त मर्मत केन्द्रमा बिग्रिएको मोबाइल बनाउन गएका अभय कुमार चौधरी र मर्मत गर्ने अहमद खानबीच समान फेर्नु पर्ने विषयमा सामान्य विवाद हुँदा चौधरीले विभागमा तुरुन्त उजुरी गरी टोली लगेर उक्त मर्मत केन्द्रमा सिल गराएका थिए । मोबाइलको पार्टपुर्जा फेर्नुपर्ने विषयमा गलत नियत राखेर वाणिज्य विभाग र चौधरी मिली बार्गेनिङ गरेर सिल खोल्नका लागि केही नयाँ मोबाइल घुस मागेको तथा उक्त प्रस्ताव नमानेको कारण पसल सिल गरेको भनाई सञ्चालकको छ ।
बजार अनुगमतका नाउम्मा नक्कली उजुरीकर्ता तयार गरेर पसलमा सिल लगाई आर्थिक लाभ लिई खोल्ने गरेको भनेर गत असोज १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उजुरीकर्ता अभय कुमार चौधरीलाई वाणिज्य विभागले नै यस्ता नक्कली उजुरी गर्ने परिचालन गरेको भन्ने आशंका यहाँ हुन्छ । उजुरीकर्ताले सटर सिल भएपछि दुलाईदिन केही थान नयाँ किनिदिए आफूले खोलाईदिने भनेर प्रस्ताव गरेबाट थप केही बुझ्नुपर्ने देखिँदैन ।