काठमाडौँ, कात्तिक ९ । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट नै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सवचव महेशप्रसाद दाहालले मंसिरदेखी वैदेशिक रोजगारीमा जोने कामदारलाई प्रदेशबाटै सेवा उपब्ध गराउन लागिएको जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो। वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयको काम पनि घट्नेछ।
प्रत्येक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन्। ती कार्यालय अन्तर्गत वैदेशिक रोजगार इकाइ रहनेछन्। प्रदेशमा रहेका श्रम कार्यालयका वैदेशिक रोजगार इकाइले डिमान्ट लेटर, पूर्व स्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी सुन्नेलगायत काम गर्नेछन्। यस्तै प्रदेश कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्ने, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्नेछन्।