काठमाडौँ, कात्तिक ११ । कब्जियत आममानिसले भोगिरहेको समस्या हो । खराब खानपान र जीवनशैलीका कारण कब्जियत हुन, पेट फुल्नु, पेट खराब हुनु, खासगरि आजभोलि सहरी जीवनमा साझा समस्या भइसकेको छ । सामान्य भाषामा कव्जियत पाचन प्रक्रियाको गढवढीका कारण देखा पर्ने एक लक्षण हो । अर्थात दिसा गर्न गाह्रो हुनु वा ठीक समयमा नहुनुलाई कव्जियत भनिन्छ । मानिसमा प्रायः गलत खानपान, पानी कम खानु, खाना नपच्नु, शारीरिक श्रमको कमि आदि कारणले कव्जियत हुन्छ । यसको अन्य विविध कारण यस्ता छन् ।
हामिले खाएको पाचन प्रकियापछि पोषकतत्व हाम्रो शरीरले सोस्ने गर्छ र बाँकी तत्व मल र मुत्रको रुपमा शरीरबाट बाहिर निस्कन्छ । स्वस्थ रहन नियमित रुपमा मलमुत्र त्याग्नु जरुरी हुन्छ । सामान्य स्वस्थ मानिसको दिनमा दुई–तीन पटक बिहान र साँझ पेट सफा हुने गर्छ । तर, कतिपय अवस्थामा कब्जियतका कारण दुई–तीन दिनसम्म दिसा हुँदैन यसले गर्दा कतिपयमा पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने, खानामा अरुचि हुनुका साथै काममा मन नलाग्नेसमेत हुन्छ ।
कब्जियत दुई किसिमका हुन्छन् अस्थायी र स्थायी । अस्थायी कब्जियतबाट सामान्य उपचार गरेर मुक्ति पाउन सकिन्छ । तर, स्थायी कब्जियत भएपछि पुर्ण रपमा सञ्चो हुन निकै कठिन हुन्छ । यो कैयौँ रोगको कारण बनिरहेको छ ।
कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हो । तर, कतिपय अवस्थामा आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडजम जस्ता पेटका समस्याका कारण पनि हुने गर्छ । यस्तै व्यस्त र भागदौडपुर्ण जीवन, तनाव, श्रममा व्यस्त हुनेहरुमा भय, चिन्ता, उदासिनताका कारण पनि कब्जियत हुने गर्छ ।
कसरी जोगिने ?
कब्जियत आफैँमा रोग होइन, तर वेलैमा सही उपचार गर्न सकिएन भने कतिपय खतरनाक रोगको कारण बन्न सक्छ । तसर्थ सही जीवनशैली अपनाउनउे हो भने कब्जियतबाट बच्न सकिन्छ । पयौप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफुल र सलादको सेवन गर्नु रामञे मानिन्छ । यससंगै समय–समयमा व्यायाम गर्नुका साथै दिसा–पिसावलाई लामो समयसम्म रोकेर राख्नु हुँदैन ।
उपचार