पोखरा पिमियर लिगः आज दुई खेल हुने, सन्दीप लामिछाने र दिपेन्द्रसिं ऐरि आमनेसामने

पोखरा पिमियर लिगः आज दुई खेल हुने, सन्दीप लामिछाने र दिपेन्द्रसिं ऐरि आमनेसामने

काठमाडौँ, कात्तिक ११ । पोखरा प्रिमियर लिगमा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा बिराटनगर टाइटन्स र धनगढी ब्लुज मैदानमा उत्रिएका छन् भने दोस्रो खेल पोखरा पल्टन र बुटवल ब्लास्टर्स बिच हुने भएको छ ।

पहिलो खेलअन्तर्गत बिराटनगर टाइटन्स राष्ट्रिय टोलीका स्पिनर बलर सन्दीप लामिछानेले कप्तानी गरेका छन भने पछिल्लो समय आक्रमक ब्याट्सम्यानको नामले चिनिने दिपेन्द्र सिं ऐरिले धनगढी ब्लुजको कप्तानी गरेका छन् । यी दुबै टिम उपाधी जितको खोजीमा छन् । पहिलो खेलमा नै पराजिय भोगेको दुबै टिमलाई आजको खेल प्रमुख रहने छ । यसअघि बिराटनगर टाइटन्स पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो भने धनगढी ब्लुज काठमाडौँसंग १७ रनले पराजित भएको थियो ।

बिहान साँढे नौ बजेबाट शुरु भएको खेलमा टस जितेको विराटनगर फिल्डिङ गरिरहेको छ । १० ओभरमा चलिरहेको खेलमा ३ विकेट गुमाउदै धनगढीले ९४ रन बनाएको छ । कप्तान दिपेन्द्र सिं ऐरि र पिटर ट्रेगोको साझेदारीमा चलिरहेको खेलमा हालसम्म ऐरिले व्यक्तिगत २३ रन बनाएका छन् भने ट्रेगोले ३८ रन बनाएका छन् ।

आजै हुने दोस्रो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स बिच प्रतिस्पर्धा हुँदैछ । शरद भेष्वाकरले नेतृत्व गरेका पोखरा र सोमपाल कामिको कप्तानीमा रहेको बुटवल ब्लास्टर्स दुबै टिम दोस्रो जितको खोजिमा रहेका छन् । लगातार जित्दै आएका यि दुई टोलीबिच खेल दिउँसो १ बजे हुने छ ।

Trending News