आलुको मुल्यमा दोब्बर वृद्धी, न्युनतम मुल्य प्रतिकिलो ८५

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १२ । सर्वसाधरणको भान्सामा सबैभन्दा धेरै पाक्ने आलुको भाउ आकासिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार समितिले नयाँ आलुको खुद्रा मुल्य न्युनतम ८५ रुपयाँ प्रतिकिलो कायम गरेको छ ।

सोमबारको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा खबर लेखेको छ –चार महिनाको अवधिमा आलुको मुल्य दोब्बर भएको हो । ११ असारमा आलुको मुल्य ४८ रुपयाँ प्रतिकिलो थियो । दशैँ अघि आलुको प्रतिकिलो मुल्य ६८ रुपियाँ थियो भने आइतबारदेखी नै कायम हुने गरि आलुको मुल्य ८५ रुपयाँ प्रतिकिलो पुर्याइएको हो ।

कालिमाटी फलफुल तथा तरकारी बजारका व्यवसायीहरुले भने तिहारपछि आलुको भाउ घटेर प्रतिकिलो ४०÷४५ सम्म पुग्ने बताउँछन् ।

TATA ADD