इन्डोनेशियामा १८८ यात्रु बोकेको विमान दुर्घटना

दियो पोस्ट  

लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उड्नासाथ खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्। उडान नं. जेटी–६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।

उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेला सो हवाईजहाजसँग सम्पर्क टुटेको थियो।

सो हवाईजहाजमा एक सय ८८ जना रहेको बताइएको छ। तीमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ ।

पुष्टि
राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले पत्रकारहरूलाई भने, ूविमान दुर्घटनामा परेको पुष्टि भएको छ।

त्यसअघि सो एयरलायनका प्रमुख कार्यकारीले समाचार संस्था रोयटर्सलाई भनेका थिए, ूहामी अहिले कुनै प्रतिक्रिया दिन सक्दैनौँ। हामीले सबै सूचना र तथ्य सङ्कलन गरिरहेका छौँ।

तान्जुङ प्रिओकस्थित बन्दरगाहका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावशेष देखेको जनाएका बिबिसीले जनाएको छ ।

TATA ADD

सिफारिस