नयाँ शक्तिको सङ्घीय बैठक आजदेखि सुरु

diyopost.com
Diyo post  बुधबार, कार्तिक १४, २०७५ | ८:२७:२७

काठमाडौँ, कार्तिक १४ । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आज बुधबारदेखि राजधानी काठमाडौंमा बस्ने भएको छ ।

आज र भोली बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले बताए ।

सम्बन्धित खबर