प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरे आफ्नो जेठानसहित २ जनालाई मन्त्री बनाउने प्रस्ताव

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन १८, २०७८ | ०:००:४०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डल गठन हुँदा आफ्नो भागमा २ मन्त्री पाउने भएका छन् । उनको कोटाबाट सर्वोच्च अदालतका पूर्व आइटी विज्ञ दिपक तिमिल्सिना र गजेन्द्र हमालले मन्त्री पाउने भएका हुन् ।

तिमिल्सिनालाई तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बर्खास्त गरेका थिए ।

उनीमाथि भ्रष्टाचारको आरोप थियो । हाल अदालतको विचौलियाको भूमिकामा रहेका तिमिल्सिनालाई शेर बहादुर देउवा नेतृत्वको सरकारमा सुचना प्रविधि तथा सञ्चारमन्त्री नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

त्यस्तै प्रधानन्यायाधीशको दिवंगत पहिलो श्रीमतीको दाई अर्थात जेठान गजेन्द्र हमाललाई समेत मन्त्री बनाउने तयारी छ ।

उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

प्रधान्यायाधीश जबराले कांग्रेसी पृष्ठभूमिका हमाललाई नै मन्त्री बनाउने सिफारिस गरेका छन् ।

हमाल नेपाली कांग्रेस बाँकेका पूर्व जिल्ला सभापति हुन् ।

प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भागबण्डा खोजेको विषयमा दियोपोस्ट डटकमले गत  भदौ ९ गते नै समाचार प्रकाशन गरेको थियो ।

कुलमानको मुद्दामा प्रधानन्यायाधीशले आफ्ना ‘मान्छेलाई’ मन्त्री दिनुपर्ने शर्त राखेको खुलाशा !

 

सम्बन्धित खबर