आहा ! मनै लोभ्याउने मनाश्लु हिमालको मनोरम दृष्यहरु (फोटोफिचर )

दियो पोस्ट  

काठमाडौं । नेपालमा पर्वतीय हिमश्रङ्खलाहरु विश्वव्यापी रुपमा चर्चित छन् ।

नेपालका हिमाल अरोहणका लागि विश्वभरका मानिसहरु आउने गर्दछन् ।

विगत २ वर्ष यता विश्वव्यापी रुपमा कोभिड १९ नामक रोग संक्रमणका कारण विश्वभर पर्यटन बजार ठप्प छ । नेपालमा पनि पर्यटकहरु आउने क्रम रोकिएको थियो । तर, सरकारले नेपाल भ्रमणमा आउन पर्यटकका लागि भिषा खुला गरेपछि पछिल्लो समय पदयात्री पर्यटक छिफूट रुपमा भित्रने क्रम शुरु भएको छ ।

सगरमाथा आरोही टासी लाक्पा शेर्पाले कोभिड संक्रमणकै समयमा समेत दर्जनौँ विदेशी पर्यटकलाई हिमाल अरोहण गराउन सफल भए । उनले बहराइनका राजकुमारसहित दर्जनौँ व्यक्तिलाई हिमाल अरोहण गराइसकेका छन् । उनै शेर्पा केहीदिन देखि मनाश्लु हिमाल अरोहणमा पुगेका छन् ।

शेर्पाले दियोपोस्टका लागि उपलब्ध गराएको मनोरम हिमश्रङ्खला तस्विरहरु हेर्नुहोस् ।

 

सम्बन्धित खबर