काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको ८८ औँ दिनमा मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।
दलगत भागबण्डामा विस्तार हुने गरेको मन्त्रिमण्डलमा यो पटक भने प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले समेत आफ्नो भाग खोजे । अन्तत उनले आफ्ना जेठान नाता पर्ने गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाउन सफल भएका छन् ।
प्रधान्यायाधीश जबराले आफ्ना मान्छेलाई मन्त्री बनाउन सौदाबाजी गरेको विषयमा दियोपोस्ट डटकमले गत भदौ ९ गते नै पहिलो पटक समाचार प्रकाशन गरेको थियो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमा निरन्तरता दिने नदिने विषयमा प्रधान्यायाधीशले सौदाबाजी गरेको दियोपोस्टको दाबी थियो ।
कुलमानको मुद्दा अहिलेसम्म पेशीमा समेत चढेको छैन । गत असोज १८ गते दियोपोस्ट डटकमले नै प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्ने तयारी रहेको विषयमा पहिलो पटक खबर छापेको थियो । समाचार प्रकाशन भएको चार दिनपछि जबराका जेठान नाता पर्ने हमाल अन्तत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नै नियुक्त भएका छन् ।
प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरे आफ्नो जेठानसहित २ जनालाई मन्त्री बनाउने प्रस्ताव
कुलमानको मुद्दामा प्रधानन्यायाधीशले आफ्ना ‘मान्छेलाई’ मन्त्री दिनुपर्ने शर्त राखेको खुलाशा !