अहिलेसम्म ५२८ मत खसेको बाजुरामा मतपेटिकामा आगजनी

दियो पोस्ट  

बाजुरा । बाजुरामा मतपेटिकामा आगजनी भएको छ। स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको (क) केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए। आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए।
कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ। आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो।

सिफारिस