
काठमाडौं । घरेलु टोली यूएईलाई पराजित गर्दै नेपाल मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा छनाेट भएको छ । बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा यूएईमाथी ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।
६ खेलबाट समान १० अंक भएपनि यूएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको नेट रनरेट ३.९३५३ छ। यूएईको भने ३.७४०३ रहेको छ।