यस्तो छ महिला अन्डर १९ टि २० वल्डकपको ईतिहास

अन्डर १९ महिला टि२० विश्वकप

- प्रियंका दुतराज  

काठमाडौँ  । अन्डर १९ महिला टि२० विश्वकप ईतिहासको छोटो समयमै नेपाल विश्वकपमा पुग्न सफल भएको छ ।
आज भएको निर्णायक खेलमा नेपालले युएईको टोलीलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो । युएईलाई पराजित गरसंगै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो ।


यस्तो छ महिला अन्डर १९ टि२० वल्डकपको ईतिहास

यसाे त महिला अन्डर १९ टि२० विश्वकपको ईतिहास लामो छैन । पहिलो पटक सन २०२१ जनवरीमा हुने भनिएको विश्वकप कोभिडका कारण २०२१ को डिसेम्बरका लागि सारिएको थियो । तर कोभिडको महामारीका कारण २०२१ मा पनि खेल हुन सकेन । कारणवस दोस्रो पटक पनि पोस्टपोण्ड गर्नु परेको थियो । २०२१ मा पहिलो पटक आयोजना गरिने विश्वकप बङगलादेशले आयोजना गर्ने भनियो । तर खेल पोटपोण्डका कारण आईसिसिले आयोजक राष्ट्र परिवर्तन ग¥यो । २०२१ मा हुने भनिएको विश्वकप रद्द भएपछी २०२३ मा सारिएको थियो । जसमा १६ वटा राष्ट्र सहभागी थिए भने आयोजक राष्ट्रका रुपमा साउथ अफ्रिकाले ।


पहिलो महिला अन्डर १९ टि२० वल्डकपको फाईनल खेल भारत र ईङल्याण्ड बिच सम्पन्न भएको थियो । पहिलो उपाधी भारतले ईङल्याण्डलाई ७ विकेटले हराउँदै ईतिहास रच्न सफल भएको थियो ।
आगामी २०२५ अगस्टमा हुने विश्वकपका लागि नेपालले पनि प्रवेश परिक्षा पास गरिसको छ । नेपालले युएईलाई हराउदै आफ्नो स्थाल सुनिश्चित गर्न सफल भएको छ । नेपालले अब हुने वल्डकप मलेसिया र थाईल्याण्डले आयोजना गर्ने भनिएता पनि थाईल्याण्ड पछी हट्दा मलेसियाले एकल आयोजना गर्ने भएको छ । अहिले सम्मको तालिकालाई मान्ने हो भने विश्वकप आगामी २०२५ जनवरी—फेब्रुअरीमा हुन लागेको हो ।

TATA ADD