पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीको सम्मान

दियोपोस्ट संवाददाता  

काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औ विश्व बोडिबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गरेका छन ।
प्रधानमन्त्री निवासमा औपचारिक भेट गर्दै प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बधाई दिदै सम्मान गरेका हुन् ।

गत नोभेम्बर ५ देखी ११ गते सम्म माल्दिभ्स्मा भएको प्रतियोगितामा भएको विभिन्न तौल समुह तथा विधामा नेपालका रुपेश शाही, प्रज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए ।
कार्यक्रममा ओलीले यस खेलको संभावना प्रयाप्त रहेको र राज्यले पनि आवश्यक प्रोत्साहन दिने भन्दै विश्वास दिलाएका हुन ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष राजेसबाबु श्रेष्ठले पर्यटनमा समेत योगदान पुग्ने भएकाले यस खेललाई पनि सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

TATA ADD