काठमाडौं । पत्रकारिता, कुटनीति र राजनीतिको लामो अनुभवले खारिएका पात्र हुन् पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे । नेपालको राजनीति र कुटनीतिक ईतिहासमा पाण्डे जोडिएका धेरै घटना छन् । वि.सं. २०१९ सालमा सुन्दरीजलस्थित जेलमा रहेका बीपी कोइराला र राजा महेन्द्रबीचको वार्ता गराउन उनी सफल भएका थिए । त्यस्तै २०५९ सालमा तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच वार्ता गराउने पहल लिएको घटनाले पनि पाण्डेलाई चर्चामा ल्याएको थियो । पाण्डे तिनै ऐतिहासिक नेपाली नागरिक हुन् जसले दुई पटकसम्म संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा नेपालबाट प्रतिनिधित्व गर्ने मौका पाए ।
पाण्डेको आत्मकथामा आधारित ‘कुटनीति र राजनीति’ र जेल भित्रबाट बीपी कोइरालाले लेखेका पत्रहरुको संगालो ‘क्रान्ति र प्रतिक्रान्त’ नामक पुस्तकहरु प्रकाशित छन् । उनै पाण्डेसँग दियोपोस्ट ले विहिबार विहान उनको निवासमा ‘विश्व राजनीति, त्यसले नेपालमा पार्ने प्रभाव र पछिल्लो समय नेपाली समाजमा भइरहेको राजनीति र कुट्नीतिक अभ्यासबारे अन्तर्वार्ता गरेको छ । प्रस्तुत छ पाण्डेसँगको भिडियो वार्ता