केपी ओलीको सुरक्षा दस्ता कमाण्डर शेर्पा बहुविवाह अभियोगमा पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ — एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् ।

बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।

आदिवासी जनजाति आन्दोलनमा समेत सक्रिय रहेका शेर्पा मिक्वाखोला–५, ताप्लेजुङका हुन् । जेनजी अान्दाेलन पछि सत्ताबाट विस्थापित भएका केपी अाेलीकाे सुरक्षा दस्ता कामण्डर समेत रहेका शेर्पा केहिदिन अघि खादामाला लिएर गुण्डु पुगेका थिए ।

बहुविवाह मुद्दाका फरार अभियुक्तको हातबाट गुण्डुमा केपी ओलीलाई खादामाला !

सिफारिस