अमेरिकामा रहेकी अधिवक्ता बन्दिता भन्छिन्,‘मैले सेवा शुल्क लिएको हुँ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालमा ठगी तथा किर्ते मुद्दा दर्ता भएको विषयमा अमेरिकामा रहेकी अधिवक्ता बन्दिता शर्मा दाहालले आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् । आफूले पीडित भनिएका मोहन विश्वकर्मासँग सेवा शुल्क मात्रै लिएको विषयमा नेपालमा भने ठगी र किर्ते अभियोगमा मुद्दा दर्ता भएको विषयमा उनले आपत्ति जनाएकी छिन् ।

यद्धपी पीडित मोहन विश्वकर्मासँग आफ्नो भर्चुअल माध्यमबाट कुरा भएको उनको भनाई छ । ‘मोहनजीसँग भर्च्युअल माध्यमबाट कुरा भएको हो । मैले कुनै कागजात तयार पारिदिएको होइन । उहाँले पठाउनु भएको डकुमेन्ट एप्रुभ पनि भएको छ । वकिलको काम भनेको कुनै पनि कागजात अदालतमा पेश गर्नु हो । कागजात तयार पार्नु होइन,’ बन्दिताले दियोपोस्टसँग भनिन्,‘एप्रुभ भइसकेपछि उहाँले मलाई धन्यवाद पनि दिनु भएको छ । उहाँले मेरो एकाउन्टमा ५ हजार रुपैयाँ हालेको हो । जसमध्ये ३२ सय रुपैयाँ युएससिआइएसको फि हो । त्यसको रिसिप्ट पनि उहाँसँग छ । मैले अप्रुभ भएको कागजात पनि पठाइदिएको छु ।’

शर्माले आफ्नो काम अनुसन्धान गर्ने नभएको र प्राप्त कागजातलाई अदालतमा पेश गर्नु मात्रै भएको बताइन् । उनले नेपालमा दर्ता भएको मुद्दाको विषयमा कुनै जानकारी नभएको बताइन् ।
आफूले १७ वर्षदेखि अमेरिकामा कानुनी अभ्यास गर्दै आएको दाबी गर्दै बन्दिता भन्छिन्,‘जात फाल्नु गहतको झोलमा भनेजस्तै ५ हजार डलरको लागि कागजात बनाउने हैसियतको मान्छे होइन ।

राष्ट्रिय खेलकुद परिषदको तत्कालिन उपाध्यक्षको हस्ताक्षर समेत किर्ते भएको भनि सरकारी वकिल कार्यालयले तपाईंलाई समेत दोषी देखाएर किर्ते अभियोग लगाएको छ नी भन्ने दियोपोस्टको प्रश्नमा उनले भनिन्,‘तपाईं आफै सोच्नुहोला । नेपालबाट उहाँले आफ्नो डकुमेन्ट पठाएको हो । शंकरजी मार्फत डकुमेन्ट पठाउनु भयो । उहाँले नेपालबाट पठाएको डकुमेन्टमा मेरो कुनै भूमिका हुने कुरै हुँदैन ।’

अमेरिकामा रहेका अधिवक्ता र चलचित्र निर्देशकको नेपालमा ठगीधन्दा, अदालतबाट पक्राउ पुर्जी

 

सिफारिस