केशव स्थापित मन्त्री पदबाट बर्खास्त, मुख्यमन्त्री पौडेलले नै कब्जा गरे केशव स्थापितको भौतिक मन्त्रालय

केशव स्थापित मन्त्री पदबाट बर्खास्त, मुख्यमन्त्री पौडेलले नै कब्जा गरे केशव स्थापितको भौतिक मन्त्रालय

काठमाडौँ । प्रदेश नम्बर ३ का भौतिक पुर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई पदबाट बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरेको बताइएको छ । उनका स्वकिय सचिव अनुप पौडेलले उनलाई बर्खास्त गरिएको पुष्टि गरे ।
मुख्य मन्त्री पौडेलले स्थापितले सम्हालेको मन्त्रालय आफैले लिएका छन् ।

Trending News