रिस नियन्त्रण कसरी गर्ने ?

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १८ ।मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो यो मानिसकमा मात्र नभएर हरेक प्राणीमा हुन्छ । रिस आफैमा नराम्रो इमोशन होइन तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठुलो दुर्घटनासमेत हुन सक्छ । रिसलार्य हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनुपर्ने हुन्छ ।

अत्याधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो । यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने यसले मानसिक समस्याको रुप लिन्छ । रिस तत्काल व्यवस्थापन गर्न सकिँदैन गर दीर्घकालिन रुपमा रिस क मगर्न पनि लामो अभ्यास चाहिन्छ ।

मनोवैज्ञानिक हिसाबले भन्दा हानि नोक्सानी, गलत व्यवहार, चाहेको कुरा पुरा नहुनु शारीरिक, आर्थिक आदि विभिन्न कारणले रिस उठ्छ भावनामा चोट पुग्ने खालका व्यवहारले पनि मानिसमा रिस उत्पन्न गराउँदछ ।

रिसको मुख्य औष्धि भनेकै आफुलाई नियन्त्रणमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, त्यो बस्ताुबाट टाढा रहनु नै बुद्धिमानी हुन्छ मनलाई सधैँ खान्त राख्नै प्रयास गर्नुपर्छ । नयाँ पत्रिकाबाट